रौतहट, शुक्रबार, ३० वैशाख २०७९ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गर्नु भएको हो ।
उहाँले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नु भएको थियो ।








































