भादगाउँ, शुक्रबार, ३० वैशाख २०७९ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गर्नु भएको छ । थपलियाले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गर्नु भएको हो ।
सोही अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताउनु भयो । उहाँले आम मतदातालाई उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गर्नु भयो ।
मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गर्नु भएको थियो ।








































