चितवन, शुक्रबार, ३० वैशाख २०७९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गर्नु भएको छ । उहाँले बिहान भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्नु भएको हो ।
अध्यक्ष प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बस्नु भएको थियो । पाँच दलीय गठबन्धनबाट मेयरमा रेणु दाहालको उमेदवारी छ । उहाँले पनि पुलिस स्कुलबाटै मतदान गर्नुभयो ।








































