काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले जेठ ३ गते दिउँसो ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
बजेट जेठ १५ गतेभित्र ल्याइसक्नुपर्ने हुन्छ । बजेटअघि संसदमा राष्ट्रपतिले सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने परम्परा छ ।
सभामुखको भूमिकालाई लिएर एमालेले गत वर्षको भदौ २३ गतेदेखि संसद् अवरोध गरेका कारण संसदमा राष्ट्रपति जाने/नजाने अन्योल छ ।








































