Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:२२ दिउँसो
- ADVERTISEMENT -

सहायता सम्झौतामा हस्ताक्षर

प्रकाशित मिति: २०७९ वैशाख २४, शनिबार

452
Shares

काठमाडौँ, शनिबार, २३ वैशाख २०७९ । संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलब्ध गराउने ७९ अर्ब ७१ करोड रुपियाँ (६५ करोड ९० लाख अमेरिकी डलर) को विकास सहायता सम्झौतामा हस्ताक्षर भएको छ ।

विकास लक्षित उक्त सम्झौतामा बिहीबार अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का नेपाल निर्देशक सेपिदेह केयभन्सदले हस्ताक्षर गर्नुभयो ।

पाँच वर्षका लागि उपलब्ध हुने यो सहायताले नेपाललाई मध्यम आय भएको मुलुकका स्तरोन्नति गर्न सहयोग पु-याउने अपेक्षा गरिएको छ । सरकार, नागरिक समाज र निजी क्षेत्रको सहकार्यमा प्रजातान्त्रिक शासन प्रणाली, व्यवसायमुखी आर्थिक वृद्धिमार्फत दिगो विकासमा सहायताले सहयोग पु-याउने उल्लेख छ ।

यो सहायताको सम्पूर्ण लेखाङ्कन सरकारको रातो किताबमा हुने र सरकारी तथा गैरसरकारी कोषमार्फत पारदर्शी रूपमा खर्च हुने जनाइएको छ । सहायतामार्फत छनोट गरिएका परियोजना सम्बन्धित मन्त्रालयमार्फत सरकारको नियम तथा कानुनअन्तर्गत रहेर खर्च हुने स्पष्ट उल्लेख छ ।

बुधबार मात्रै सरकारले विश्व बैङ्कले उपलब्ध गराउने १८ अर्ब ३० करोड रुपियाँको विकास ऋण नीतिमा पनि हस्ताक्षर गरेको छ । दुई दिनमै सरकारले करिब एक खर्ब रुपियाँको विकास सहायता प्राप्त गर्ने निश्चित भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -