स्थानीय तह निर्वाचनमा अहिले घरदैलो कार्यक्रम चलिरहेको छ । विभिन्न एजेण्डा र आश्वासन देखाएर जनतालाई फकाउने कार्यमा दलका नेता कार्यकर्ताहरु लागि परेका छन् । नेपाली कांग्रेसले स्थानीय आवश्यक्ता अनुसार गठबन्धन गर्ने निर्णय अनुसार नै गोरखा जिल्लामा आवश्यक नभएको भन्दै एक्लै निर्वाचनमा होमिएको छ । कांग्रेसबाट गोरखा नगरपालिकामा हालका मेयर राजनराज पन्तले फेरि उम्मेदवारी दिएका छन् । पन्तसँग निर्वाचनको विषयमा गरिएको कुराकानीको सम्पादित अशं :
निर्वाचनको तयारी कस्तो हुँदैछ ?
हामीले निर्वाचनको तयारी क्रमैसँग गरिराखेका छौं । हाम्रो वडास्तरको घरदैलो कार्यक्रम सम्पन्न भैसकेको छ । कोणसभाहरु गरिराखेका छौं । मतदाताहरुलाई भोट हाल्ने वातावरण तयार गर्ने प्रक्रियामा लागिरहेका छौं ।
तपाईँका मुख्य एजेण्डाहरु केके छन् ?
मेरो एण्डा मुख्य रुपमा पर्यटन क्षेत्रको विकास हो । पर्यटनको विकास मार्फत् गोरखाको विकास गर्ने हो । यहाँको प्राकृतिक सुन्दरतालाई व्यवस्थापन गरेर अगाडि बढ्ने भन्ने नै हो । त्यसका लागि पुर्वाधारजन्य कार्यहरु गर्नुपर्ने छ । त्यसैगरी आधारभूत स्वास्थ्यको व्यवस्थापन स्थानीय सरकारलाई छ । यसमा हामीले सही तरिकाले सबै टोलटोलमा पुग्नेगरि काम अगाडि बढाई रहेका छौं । शिक्षाको क्षेत्रमा सामुदायीक विद्यालयप्रति आकर्षण बढाउनका लागि शैक्षिक गुणस्तरवृद्धि गराउनपर्ने छ । गोरखा नगरपालिकामा खानेपानीको समस्या लगभग हल भैसकेको छ । त्यसमा केही ठाउँमा व्यवस्थापन गर्न बाँकी रहेको छ । स्थानीय सरकारले गर्न नसकिने ठुला योजनालाई घोषणा पत्रमा समेटेर कुनै अर्थ छैन् । आफ्नो स्रोतसाधानले भ्याएसम्मको राख्ने हो । कृषिमा हामीले व्यवसायिक बनाउन पकेट क्षेत्र घोषणा गरेर अगाडि बढ्ने हाम्रो लक्ष्य छ ।
तपाईँले पाँच वर्ष गोरखाको मेयर भएर काम गरिसक्नुभएको छ । अब फेरि गोरखा नगरवासीले तपाईँलाई किन मतदान गर्ने ?
मैले प्रत्येक वडामा आधारभुत स्वास्थ्य सुविधा पुर्याएको छु । सडक क्षेत्रको कुरा गर्दा ३ सय ४७ मिटर नयाँ ट्रयाक खोका छौं । ४७ मिटर ग्रावेल गरेका छौं । त्यसैगरी १२ किलोमिटर बाटो ढलान गरेका छौं । पार्कहरुको व्यवस्थापन गरेका छौं । गोरखालाई पर्यटको केन्द्र बनाउनको लागि । त्यसैगरी खानेपानीको सुविधा सबैतिर पुराएका छौं । नगरपालिकालाई आवश्यक पर्ने एन, कानुन र कार्यविधि हामीले तयार गरेका छौं । कोभिड खोपयुक्त नगरपालिका घोषणा गरिसकेका छौं । सो मुल्याङ्कन विजामा हामी देश भरिमै ९ स्थानमा परेका छौं । यसरी हामीले शासकीय सुधार र पुर्वाधारका कुरामा पनि अगाडि नै छौं । जनताको जीवनमा रहेका न्युनतम आवश्यक्ताहरु हामीले पुरा गरेका छौं । अहिले हामीले सामुदायिक विद्यालयमा बढि विद्यार्थीहरुको आकर्षण बढाएका छौं । यसलाई बाँकी रहेका काम पूरा गर्न र नयाँ तरिकाले अझै गतिसिल विकास गर्नका लासगि खोरखाली जनताले मलाई जिताउने छन् । हामीले धेरै कामहरु जानिसकेका छौं । त्यसैले पनि विकास द्रत गतिमा हुन्छ । नयाँलाई केहि समय सिक्ननै लाग्छ ।
गोरखामा गठबन्धन गर्न तपाईँहरु लागि पर्नुभएको थियो तर गठबन्धन भएन् । गठबन्धन हुन नसक्नुको कारण के थियो ?
गठबन्धन गर्न हामीले धेरै प्रयास गरेका हौं तर सकिएन् । गत स्थानीय तहको निर्वाचनमा हामीले गोरखा जिल्लाको ११ पालिका मध्य ९ वडा पालिका जितेको हो । गठबन्धन गर्नका लागि हामीले केही पालिकामा प्रमुख र केही पालिकामा उपप्रमुख छोड्न तयार भएका थियौं । तर गठबन्धनका दलहरुले आफ्नो हैसियतभन्दा धेरै भाग खोजेकोले त्यसलाई व्यवस्थापन गर्न नसक्दा गठबन्धन हुन नसकेको हो । तर केही दलहरुले आन्तरिक रुपमा गोरखाका केही पालिकामा गठबन्धन गरेका छन् ।
गोरखा नगरपालिकामा मेयरको टिकट विवाद भएको थियो । खास केमा विवाद भएको हो ?
खासै ठुलो विवाद होइन् । नगरपालिकाको उम्मेदवारको टुङ्गो प्रदेशले लगाउने नियम अनुसार नै प्रदेशले अर्को एकजना नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । यहाँ मतदाताहरु र कार्यकर्ताहरुले विरोध गनुभयो । त्यसपछि केन्द्रले निर्णय गरेर मलाई टिकट दियो । त्यति नै हो । त्यहि अनुसार हामी लागेका छौं । प्रदेशको संसदीय र्बोडले उम्मेदवारको टुङ्गो लगाउने हो तर त्यो केन्द्रलाई ठीक नलागेका केन्द्रले उल्ट्याउन सक्छ ।
तपाईँले जित्ने आधार के छ ?
यो पाँच वर्षको अनुभवमा मैले स्थानीय सरकारको अधिकार क्षेत्र के हो ? कस्ता पक्षमा बढि ध्यान दिन पर्छ भन्ने सबै मैले बुझेको छु । कोभिड जस्ता विभिन्न कारणले पुरा गर्न नसकेका कुरालाई पुरा गर्ने । अुनभवको आधारमा पहिलो दिनदेखि नै काम गर्न सक्ने दक्षता हाँसिल गरेको छु । यहाँको विकासको क्रम र यहाँका जनताको आवश्यक्ता र मागको बारेमा म पुर्णरुपमा विस्वस्त छु । यी आधारमा मैले चुनाव जित्ने निश्चित छ ।
गोरखामा अन्य दलहरु पनि बलिया छन् । कसरी सामना गर्नुहुन्छ ?
हामीले यो पाँच वर्षमा गरेका कामलाई लिएर अगाडि बढेका छौं । हामीले जनताको मन जितिसकेका छौं । आफ्नो पार्टीको आदर्श र सिद्धान्तलाई लिएर अगाडि बढेका छौं । अरुको विरोध गरेर, अनेक आरोप लगाएर गलत बाटोबाट जित्न पर्छ भन्ने पक्षमा हामी छैनौं । गठबन्ध गर्दा जसको नेतृत्व उसको नीति हुँदैन । त्यसो हुनाले हामी स्पष्ट नीति र भिजनकासाथ आएका छौं । त्यसो हुनाले अन्य दलहरुको सामना गर्न हामीलाई कुनै वाधा छैन् ।
तपाईँको विचारमा कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर ठीक गर्यो या बेठिक ?
गत सथानीय तहको चुनावमा हरेको ठाउँमा गठबन्धन गरेर कांग्रेसले ठीक नै गरेको हो । तर फेरि गठबन्धन विना नै जित सुनिश्चित भएका ठाउँमा भने गठबन्धन गरेर घाटा भएको छ । कार्यकर्ताको मनोबल घटेको छ । त्यसो हुनाले हाम्रो गोरखामा भने गठबन्धन नगरेर ठीक भएको छ ।
गोरखा नगरवासीलाई के भन्न चाहानुहुन्छ ?
म प्रतिबद्धता गरेका कुरा पुरा गर्छु । पुरा गर्न नसकिने कुरा म बोल्दिनँ । जनताकोबीचमा मैले ४४ बुदे अवधाराणा पत्र राखेको छु । त्यही अवधाराणा पत्र अनुसार म काम गर्ने छु । यदि ठीक लागेको छ भने मलाई मतदान गर्नु होला ।









































