बैशाख १९, गोरखा ।
गोरखाको सिरानचोक गाऊँपालिका ४ आरुबोटेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप साँझ आरुबोटेको फिरफिरे भीरबाट करीव २ शय मिटर तल खसेको एसपी केदार खनालले बताउनुभयो ।
गोरखामा जन्ती आएर चितवन फर्कदैं गरेकाहरु चढेको जीप दुर्घटनामा परेको हो । घटनास्थलमा केहीबेर अघि प्रहरी पुगेको छ । मृतकको पहिचान हुन बाँकी रहेको खनालले जानकारी दिनुभयो ।








































