गोरखा, १६ बैशाख २०७९ । इन्जिनियर समेत रहेका दिपकबाबु कंडेल यस अघि पनि पालुङटार नगरपालिकाका मेयर हुन् । २०७४ मा उनले माओवादीका उम्मेदवारलाई हराउँदै बिजयी बनेका थिए ।
देउवाले उम्मेदवार फिर्ता बोलाउने पत्र निर्वाचन अधिकृतको कार्यालय पालुङटारमा नभई मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा पठाए । पाँच बजे भित्र पालुङटार जानुपर्ने उम्मेदवारी फिर्ताको पत्र ५ः५० मा मात्र आईपुगेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।
‘५ बजे भित्र पत्र आएको भए उम्मेदवारी फिर्ता हुन्थ्यो, हामीले नाम सार्वजनीक गरेपछि पत्र पाएका छौँ’ उनले भने ‘उम्मेदवारी कायम छ ।’ पत्रमा निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई संवोधन गरिएको छैन । समयमै आधिकारिक पत्र निर्वाचन अधिकृतको कार्यालयले प्राप्त नगर्दा देउवाले फिर्ता लिएका मेयर कंडेलको नाम अन्तिम नामावलीमा टाँस गरिएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) मा उल्लेख भए अनुसार केन्द्रिय समितिले उम्मेदवार फिर्ता बोलाउन सक्ने ब्यवस्था छ ।
अन्तिम नामावलीमा नाम टाँस भएकाले अब निर्वाचन प्रक्रियामा सहभागी हुनुको बिकल्प नरहेको मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलले बताए ।
सभापति देउवाले उम्मेदवार फिर्ता बोलाउन गरेको निर्णयको बिरोधमा पालुङटारका कांग्रेसका युवाहरुले नाराजुलुस सँगै बिरोध जनाएका कांग्रेस पालुङटार नगर सचिव किरण गिरीले बताए । निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा ब्यवस्था थप कडा बनाइएको छ ।








































