गोरखा, मंगलबार, १३ वैशाख २०७९ । नेपाली कांग्रेसको तर्फबाट गोरखाको पालुङ्गटार नगरपालिकाको मेयरमा पुन : ई दिपक बाबु कडेलको उमेद्वारी दर्ता गराउनु भएको छ ।
पालुङटार नगरपालिकाको मेयरमा दीपक कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठले उम्मेद्वारी दर्ता गर्ने काम निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको छ ।
पालुङटार नगरपालिकामा गत २०७४ सालको स्थानिय तहको निर्वाचनमा पालुङटार नगरपालिकामा कांग्रेस, माओवादी र नयाँ शक्तिविच कडा टक्टर परेकाे थियाे । कांग्रेसका उम्मेदवार दीपकबाबु कंडेल ४ हजार ६९८ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विवश चिन्तन ४ हजार ४१९, नयाँ शक्तिका अशाेक देवकाेटा ३ हजार ९७६ र एमालेका जुद्वविलास भण्डारी २ हजार ४१० मत प्राप्त गरेका थिए ।
उपप्रमुखमा माओवादी केन्द्रकी पम्फा बसेल ४ हजार ४९४ मतका साथ निर्वाचित भएकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेत कुमारी श्रेष्ठ ४ हजार ११९ मत, एमालेकी सृजना रेग्मी २ हजार ७२० र नयाँ शक्तिकी देवी माया गिरी ३ हजार ९०४ मत पाएका थिए ।