गोरखा, सोमबार, १२ वैशाख २०७९ । नेपाली कांग्रेस गोरखाले ११ वटै पालिकामा मनोनयन दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा राजनराज पन्त, उपमेयर मसलीमाया थोकर (सपना पुन) ले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
पालुङटार नगरपालिकामा दिपक कंडेल र चेतकुमारी श्रेष्ठले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ, सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारीले उम्मेदवारी दिनु भएको छ । भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीले उम्मेदवारी दिनु भएको हो ।
आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपालीले उम्मेदवारी दर्ता गराउनुको साथै, धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बन्नु भएको छ ।
चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङ, उपाध्यक्ष मेन्टोक छोकी लामाले उम्मेदवारी दिएका छन् ।
बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले र उपाध्यक्षमा जानुका सापकोटा उम्मेदवार बनेका छन् । यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा सर्मिला श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । अधिकासं अध्यक्ष, उपाध्यक्ष दोहोरिएका छन्