गोरखा – गोरखाको गोरखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर पदको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूलाई नेपाली कांग्रेसकै असन्तुष्ट कार्यकर्ताले हातपात गरेका पीडित श्रेष्ठले बताउनुभयो ।
आज सोमवार उम्मेदवारी दर्ताका लागि फोटो खिचाउन गएको बेला आफूमाथि कुटपिट भएको श्रेष्ठले बताउनुभयो । अहिलेका मेयर राजनराज पन्त पनि दोस्रो कार्यकालका लागि मेयरको आकाङ्क्षी रहनुभएको थियो ।
यसैबीच नेपाली कांग्रेसको गोरखा सदरमुकाममा रहेको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरूले ताला लगाइदिएका छन् । गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँटप्रति उनीहरूको असन्तुष्टि रहेको कांग्रेसका एक नेताले बताएका छन् ।