गोरखा, गोरखा नगरपालिकाको मेयरको उम्मेद्वार छनौटप्रति असन्तुष्ट समूहद्वारा नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा तालाबन्दी र धर्ना गरेका छन् ।

विश्वदेव श्रेष्ठलाई मेयरको टिकट दिएको भन्दै असन्तुष्ट समूहद्वारा जिल्ला कार्यसमितिको कार्यालय तथा गोरखा नगर कार्यसमितिको कार्यालयमा तालाबन्दी र धर्ना गरेका हुन् ।

‘यस्तो चुनौतिपूर्ण समयमा मेयरको टिकट दिँदा प्रतिस्पर्धा गर्न सक्ने राम्रालाई छाडेर हाम्रालाई दिइयो’, धर्नामा रहेका सुवीन बरामले भने, ‘पार्टीले एक्लाएक्लै चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ, तर यस्तो चुनौतिपूर्ण समयमा सक्षम, सबैको विश्वास जित्न सक्ने, फरक पार्टीको भोटसमेत तान्न योग्य उम्मेद्वार चयन गर्नुपर्नेमा आफन्त र गुट हेरेर टिकट दिइयो, त्यसैले हामी बिरोधमा उत्रन बाध्य भयौँ ।’ निर्णय फिर्ता नलियुञ्जेल बन्द र धर्ना जारी राख्ने उनले बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले गोरखा नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । यसअघि मेयर पदका लागि यसअघिका मेयर राजनराज पन्त, जिल्ला कार्य समितिका सचिव किशोरजंग थापा र प्रदेश समितिकी सदस्य शोभा अधिकारीले पनि आकांक्षाको निवेदन पेश गरेका थिए ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्