गोरखा, ११ वैशाख २०७९ । नेपाली कांग्रेस गाेरखाले गठबन्धन दलबाट बाहिरिने निर्णय गरेकाे छ । जिल्ला पार्टी कार्यलय गाेरखामा पत्रकार सम्मेलन गर्दै गठबन्धन दलबाट बाहिरिने निर्णय गरेकाे हाे ।
गोरखा जिल्ला सभापति नन्दप्रसाद न्याैपानेले पत्रकार सम्मेलन गर्दै सहमतिका लागि विभिन्न चरणमा बैठक बसेकाे भएपनि केही नेताका स्वार्थका कारण निर्णयमा पुग्न नसकेकाे बताउनु भयो ।‘गठबन्धन जाेगिन्छ भने लचकता अपनाउन तयार भएकाे थियौँ,’ ‘आठ पटक बैठक बसेका थियाैं’, पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ‘तर सहमति जुट्न सकेन, नितिगत रूपमा छलफल गरेर अघि बढेका थियाैं । हामी हदैसम्म लचिलो भएका थियौं ।’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।