काठमाडौं, १० व्वैशाख २०७९ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउन बैठक बस्न लागको हो ।
नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङ्दम्बेका अनुसार वैठक आज बिहान ११ बजे बस्न लागिएको छ । शुक्रबारका लागि तय गरिएको बैठक एक दिनपछि आज बस्न लागेको हो । शुक्रबार पदाधिकारीको बैठक लम्बिएपछि कार्यसम्पादनक समितिको बैठक स्थगित भएको थियो । महानगर पालिकामा स्थानीय तह निर्वाचनका लागि उमेदवार टुंगो लगाउने भन्दै बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेसले शुक्रबारका लागि बैठक बोलाएको थियो ।
तर, गठबन्धन गर्ने पार्टीको निर्णयप्रति स्थानीय तहमा नेता कार्यकर्ताहरू असन्तुष्ट भएपछि। शुक्रबार बैठक स्थगन गरेर शीर्ष नेताहरूको प्रधानमन्त्री सरकारी निवास बालुबाटारमा अनौपचारिक बैठक बसेको थियो ।