Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:००:०८ दिउँसो
- ADVERTISEMENT -

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

प्रकाशित मिति: २०७९ वैशाख ९, शुक्रबार

499
Shares

काठमाडौँ/भैरहवा, वैशाख ९ गते । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो ।

यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पनि अन्तर्राष्ट्रिय उडानका लागि देशमै पहिलो पटक अर्को नाका खुला भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आउनु ७४ वर्षको नागरिक उड्डयन क्षेत्रमा महìवपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो । बिहीबार बिहान ७ः४५ मा यति एयरलाइन्सको जहाजले नयाँ धावनमार्गमा पहिलो उडानको सौभाग्य पाएको थियो । आन्तरिक विमानस्थलका रूपमा ६४ वर्षअघि सञ्चालनमा आएको भैरहवा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेर सञ्चालनमा आएको हो । यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताउनुभयो । अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने जानकारी दिनुभयो । यो विमानस्थलमा जेठ २ गतेदेखि साताको तीन अन्तर्राष्ट्रिय उडान गर्ने गरी जजिरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलङ्कन एयरवेज, ओमानको सलाम एयरवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।

अन्तर्राष्ट्रिय उडानको उद्देश्यसहित यो विमानस्थलमा तीन किलोमिटर लामो धावनमार्ग निर्माण गरिएको छ । यसको प्रयोगको सुरुवातसँगै यसअघि आन्तरिक उडानका लागि प्रयोग भइरहेको डेढ किलोमिटर लामो धावनमार्ग भने अब बन्द गरिने विमानस्थल कार्यालयले जनाएको छ । उक्त धावनमार्गलाई भविष्यमा अन्तर्राष्ट्रिय उडानको ट्याक्सी वेका रूपमा प्रयोग गर्ने योजना विमानस्थल कार्यालयको छ । सञ्चालनमा आएको जस्तो भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको इतिहास भने त्यति सुखद छैन । निर्माणका लागि सन् २०१३ मा एसियाली विकास बैङ्कसँग (एडीबी)सँग सम्झौता भएर सन् २०१५ को सुरुवातदेखि यसको निर्माण थालिएको थियो । सन् २०१७ को डिसेम्बरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच विवाद भएपछि निर्माणमै अन्योल सिर्जना भएको थियो ।

विमानस्थलको मुख्य लगानीकर्ता रहेको एडीबीले आयोजनाबाट बाहिरिनेसम्मको अवस्था बने पनि सरकारी प्रयासपछि पुनः निर्माणले गति लिएको थियो । यसैबीच कोभिड–१९ सङ्क्रमणले खासगरी यान्त्रिक परीक्षण उडानका लागि उपकरण आयात प्रभावित भएपछि लामो समय निर्माण सम्पन्न हुने सकेको थिएन । अन्ततः निर्माण सुरु भएको करिब छ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट उडान सुरु भएको हो । एडीबीसहित नेपाल सरकारको पनि लगानी रहेको विमानस्थल निर्माणका लागि हालसम्म ११ अर्ब रुपियाँ खर्च भएको छ । यस विमानस्थलले वार्षिक ७० लाखसम्म यात्रुलाई सेवा दिने क्षमता राख्छ । यो विमानस्थलबाट दैनिक ७२ वटासम्म अन्तर्राष्ट्रिय उडान हुन सक्छन् । जहाँ न्यारोबडी र वाइडबडी दुवै किसिमका विमानबाट उडान हुनसक्छ ।

दुई चरणमा निर्माण गर्ने योजना बनाइएको यो आयोजनाको अहिलेसम्म पहिलो चरणको निर्माण सम्पन्न भएको हो । दोस्रो चरणको निर्माण सम्पन्न भएपछि वार्षिक दुई करोडसम्म यात्रुलाई सेवा दिन सकिने कार्यालयले जनाएको छ । विमानस्थलमा जडान गरिएको यान्त्रिक उपकरणको परीक्षणका लागि फागुन ६ गतेदेखि परीक्षण उडान सुरु गरिएको थियो । थाइल्यान्डको एरो थाइले एक हप्तासम्म गरेको परीक्षणले उडानका लागि योग्य रहेको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको थियो । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -