Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३०:३६ दिउँसो
- ADVERTISEMENT -

यस्ताछन जनप्रतिनिधी, बाग्मती गाउँपालिका अध्यक्षः आफ्नै गाडी भाडामा दिने, आफैं चढ्ने

प्रकाशित मिति: २०७९ वैशाख ८, बिहीबार

499
Shares

काठमाडौं, ८ वैशाख २०७९ । बाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो ‘निजी गाडी’ गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।

वडा ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन, गाडी अध्यक्ष लोप्चन चढ्छन् ।

राजधानी दैनिकले प्राप्त गरेको ‘डकुमेन्ट’अनुसार पालिकाले १ कात्तिक २०७७ देखि २०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा ‘सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने’ भनिए पनि ‘पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको’ उल्लेख छ ।

गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष २०७४-७५ देखि नै ‘कोटेसन’गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको ‘महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी’ भाडामा लिएको थियो । सवारी मोडेल, च्यासिस नम्बर ब्ज्ञत्ब्द्धब्व्ह्द्दब्ज्ञघठढद्द इन्जिन नम्बर क्व्व्द्धब्ज्ञज्ञडटठ, बा१८च ९९६८ नम्बर सेतो रङको डिजेल गाडी भाडामा लिइएको थियो ।

‘पत्नीकै नाममा रहेका गाडी भाडामा लिएको ?’ भनी प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा ‘नामसारी’ गरी आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म निरन्तर भाडामा लिएर अध्यक्ष आफैं चढिरहेका छन् ।

प्रारम्भमा १ लाख ९४ हजार मासिक भाडामा लिइएको गाडीमा सवारी चालकको तलब सवारी धनीले उपलब्ध गराउ“थ्यो । चालू आर्थिक वर्ष १ साउन २०७८ देखि हालसम्म भाडा वृद्धि गरी १ लाख ९८ हजार कायम गरिएको गाउँपालिका स्रोतले राजधानीलाई बतायो । स्रोतका अनुसार अहिले आफ्नै भतिजोलाई चालक राखेर गाउँपालिकाबाट तलब खुवाउने गरिएको छ । उनले हालै सञ्चालनमा ल्याएको थाङसिंटार अस्पतालमा छोरालाई समेत जागिर दिलाएका छन् ।

गाउँपालिका अध्यक्ष लोप्चनले आफूखुसी खर्च गर्नेगरी ‘जनतास“ग अध्यक्ष’ शीर्षकबाट वार्षिक १ करोड बजेट कार्यक्रममा ‘अनियमितता भएको’ स्थानीयले आरोप लगाएका छन् । स्रोतका अनुसार कार्यक्रमको बजेट मनपरी तवरले कार्यकर्तालाई बा“ड्ने गरिएका छन् ।

स्थानीय तह निर्वाचनपछि गाउँगाउँमा सिंहदरबार परिकल्पना गरिए पनि निर्वाचित पदाधिकारीले नै ‘मनपरी सेवासुविधा’ लिएको पाइएपछि राजनीतिक माहोल तरंगित बन्न पुगेको छ । राजधानीबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -