Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:१८ दिउँसो
- ADVERTISEMENT -

तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न आयुक्त डा. जानकीकुमारीको आग्रह

प्रकाशित मिति: २०७९ वैशाख ६, मंगलबार

888
Shares

काठमाडौं, ६ बैशाख २०७८ । आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनसम्बन्धी समाचार अन्दाज र अनुमानका आधारमा नभई तथ्य र यथार्थपरक सूचना प्रवाह गर्न सञ्चार जगतसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसप्रति सबै जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचन सन्दर्भमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघको सहयोग र समन्वयमा निर्वाचन आयोगद्वारा आज यहाँ आयोजित मिडिया अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो । निर्वाचन गर्ने संवैधानिक जिम्मेवारी पूरा गर्ने आयोगको निर्वाचन कार्यमा सहयोग पु¥याउन सञ्चार क्षेत्रसँग उहाँले आग्रह गर्नुभयो । सही सूचनाले मात्र जनतामा विश्वास जागृत गर्ने हुनाले त्यसमा ध्यान दिन उहाँले प्रेसकर्मीसँग आग्रह गर्नुभयो ।

आयुक्त तुलाधरले भन्नुभयो, ‘लोकतन्त्रको आधार भनेको स्वतन्त्र निर्वाचन हो, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी बनाउन सञ्चार क्षेत्रले गर्दैआएको सहयोग सह्रानीय छ ।’

निर्वाचन व्यवस्थापन सुदृढीकरणका लागि आयोगले काम गर्दैआएको बताउँदै डा. तुलाधरले निर्वाचनसम्वन्धी सही सूचना र निर्णयलाई आम नागरिकसामु लगेर सहयोग गर्न प्रेससँग आग्रह गर्नुभयो । गलत सूचनाले नागरिकमा भ्रम सिर्जना हुने हुनाले त्यसमा मिडियाकर्मी सचेत हुनुपर्ने सुझाव दिनुभयो ।

आगामी निर्वाचनमा लैङ्गिक सहभागिताका विषयमा पनि आयोगले पर्याप्त ध्यान दिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन सफल बनाउन आचारसंहिता अक्षरशः पालना गर्नु अनिवार्य रहेको भन्नुहुँदै उहाँले सम्बद्ध सबैलाई त्यसमा गम्भीर बन्न आग्रह गर्नुभयो ।

आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता कार्यान्वयन भए नभएको अनुगमन गर्न केन्द्रदेखि पालिकासम्म विभिन्न तहका संयन्त्र परिचालित् रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रले निर्वाचान आचारसंहिता उल्लङ्घन भए नभएकोबारे तथ्यगत सूचना निशुल्क सम्प्रेषण गरी आयोगको काममा सहयोग पु¥याएकोछ ।” निर्वाचनका लागि आवश्यक पर्ने ९० प्रतिशत सामग्री आयोगमा आइसकेको पनि उहाँले जानकारी दिनुभयो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनको समाचार लेख्दा सञ्चारकर्मीले दल विशेषप्रतिका आस्था र आबद्धता त्याग्नु पर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘चुनावकाबेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा हुन्छ, त्यसबाट जोगिन समाचारको पुष्ट्याइँ गरी सत्यतथ्य समाचार सम्प्रेषमा ध्यान पु¥याउनु पर्छ ।’

रिष्ठ पत्रकार बबिता बस्नेतले राजनीतिक दलका नेताबाट एक–अर्कालाई लाञ्छित गर्नेगरी आउनेगरेको अभिव्यक्तिले नेताको उत्तरदायित्वमाथि प्रश्न खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका समयमा मिसइन्फर्मेसन र डिसइन्फर्मुेसनको चूनौति छ, प्रभावकारी अनुगमनका लागि निर्वाचन अनुगमन संयन्त्र प्रभावकारी हुन आवश्यक छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -