Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:०३ दिउँसो
- ADVERTISEMENT -

धार्मिक पर्यटनबाट देशको विकास सम्भव छः मुख्यमन्त्री पोखरेल

प्रकाशित मिति: २०७९ वैशाख ४, आइतबार

419
Shares

कावासोती, ४ बैशाख २०७९ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताएका छन् ।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना गरिएको विराट ज्ञान महायज्ञ समापन कार्यक्रममा उनले धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश धनी रहेको बताउँदै यहाँका धार्मिकस्थलको विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको बताएका हुन् । उनले पवित्र धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथ, त्रिवेणीधामसमेत गण्डकी प्रदेशमा रहनुले यहाँको आर्थिक विकासमा ठूलो टेवा पुगेको जिकिर गरे ।

उनले भारत र चीन जोड्ने धार्मिक भूमि नै नेपाल भएकाले धार्मिक पर्यटनले देश विकासमा टेवा पुग्नेमा समेत जोड दिए । उनले प्रदेशभित्र रहेका धार्मिक क्षेत्र गजेन्द्र मोक्षधाम, मुक्तिनाथ र देवघाटधामले विषेश महत्व राख्ने हुँदा यी क्षेत्रको विकासमा विशेष प्राथमिकता दिएर अगाडि बढ्ने मुख्यमन्त्री नेपालीले बताए ।

हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टीकाराम सापकोटाले शिखर खजुराव शैलीको नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दाबी गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न गुरुयोजनाअनुसार काम गर्ने बताए । नेपालको मध्यभागमा रहेको यस मन्दिर पूर्वपश्चिम भएर यात्रा गर्नेहरूका लागि पायक पर्ने स्थानमा समेत रहको हुँदा यस क्षेत्रको प्रचारप्रसारसँगै मन्दिरले यस क्षेत्रको विकासमा समेत टेवा पु-याउने उनको भनाइ छ ।

सङ्कटमोचन हनुमानको दिव्य मूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखर खजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, साना गुम्बज आकारका मार्बल रेलिङ, मार्बलको आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङरोगन यस मन्दिरका दर्शनीय पक्षहरू रहेको उनले बताए । विसं २०४२ देखि पूजाअर्चना गरिँदै आएकामा हाल ४२ फिट लम्बाइ, ४२ फिट चौडाइ र ६३ फिट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिए । चैत २७ गते रामनवमीदेखी सुरु भएको महायज्ञ आज समापन भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -