काठमाडौँ, शुक्रबार, २ बैशाख २०७८ । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच स्थानीय तह निर्वाचनमा नेकपाको सहभागीताबारे छलफल भएको छ ।
गृहमन्त्रालयमा आज भेटमा नेता विश्व्कर्माले पार्टी निर्वाचनमा सहभागी हुन सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।
निर्वाचनमा सहभागिताका लागि नेकपाले विभिन्न आरोपमा जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाई गर्नुपर्ने र लगाइएका मुद्दा फिर्ता लिनु पर्ने माग राखेको छ ।
यही विषयमा पटक–पटक गृहमन्त्रालयमा छलफल भएको छ । छलफल रकारात्मक रुपमा अघि बढिरहेको छ। सरकारले कानुन बमोजिम फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने प्रक्रिया शुरु भएको गृहमन्त्री खाँणले बताउनुभएको छ ।