A handout photo provided by the Imperial Household Agency of Japan taken on October 6, 2021 shows Japan's Princess Mako (L), the daughter of Crown Prince Akishino and Crown Princess Kiko, talks with her younger sister Princess Kako as they stroll at the garden of their Akasaka imperial property residence in Tokyo, Japan, ahead of her 30th birthday on October 23, 2021 and her marriage on October 26, 2021. (Photo by HANDOUT / Imperial Household Agency of Japan / AFP) / RESTRICTED TO EDITORIAL USE - MANDATORY CREDIT "AFP PHOTO / Imperial Household Agency of Japan /Handout via REUTERS " - NO MARKETING - NO ADVERTISING CAMPAIGNS - DISTRIBUTED AS A SERVICE TO CLIENTS

एजेन्सी । प्रेमको कुनै सीमा हुन्न भन्ने भनाई जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ । उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वंयमसेवकको रुपमा काम गर्छिन् ।

३० वर्षीया माको पूर्वराजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् । प्रेमीसँग विवाहका लागि नै उनले उपाधि र राजपरिबारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् ।

उनी म्युजियमको एसियाली कला संग्रहमा काम गरिरहेकी छिन् । जापान टाइम्सका अनुसार पूर्वराजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औं शताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास गरिरहेकी छिन् ।

माकोले स्कटल्याण्डको एडिनबर्ग विश्वविद्यालयमा कला इतिहासको अध्ययन गरेकी थिइन् । सन् २०१६ मा उनले बेलायतको लिसेस्टर विश्वविद्यालयबाट कला संग्रहालय र ग्यालरी अध्ययनमा स्नातकोत्तर गरेकी थिइन् ।

‘उनी योग्य छिन् । यस कामका लागि धेरै तयारीको आवश्यकता पर्दछ र प्रायः पुस्तकालयमा धेरै समय खर्च गर्नुपर्छ’, एक पूर्व–मेट क्युरेटरले राजकुमारीको कामको बारेमा भने ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्