काठमाडौं, बुधबार, ३० चैत्र २०७८ । माओवादीको चुनाव प्रचारमा सरकारी तलब खाइरहेका विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङको फोटो प्रयोग भएको छ । ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निःशुल्क बिजुलीको’ शीर्षकमा अध्यक्ष प्रचण्डले नै फेसबुकमा पोस्टर सेयर गर्नुभएको छ । प्रचण्ड, जनार्दन शर्मा र घिसिङको फोटो पोस्टरमा छ |

निर्वाचन आयोगका अधिकारीअनुसार उक्त पोस्टर आचारसंहिताविपरीत हो ।
जनस्तरमा पनि कुलमानको फोटो राखेकामा आपत्ति जनाइएको छ । पत्रकार अशोक पौडेलले प्रश्न गर्नुभएको छ– एउटा पार्टीले विद्युत प्राधिकरणका कर्मचारी कुलमान घिसिङ कै फोटो बेच्नुपर्ने दिन आएको हो ।
कृष एडीले पनि कुलमानको फोटो बेचेर भोट माग्ने दिन आयो भनी प्रश्न गर्नुभएको छ ।