गोरखा, सोमबार, २८ चैत्र २०७८ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ५ बगुवामा नेपाली काँग्रेसबाट ४ जनाको वडा अध्यक्षमा दाबी परेको छ । जीवन वन्त, सिताराम भट्ट, बासुदेव भट्ट र रामचन्द्र पोखरेलको वडा अध्यक्षमा दाबी परेको हो ।

कांग्रेसले जीवन वन्तसंगै ४ जनाको नाम वडाध्यक्षमा सिफारिस गरेपनि लोकप्रियता र क्रियाशिलताको आधारमा वन्त आगामी स्थानीय तहको निर्वाचनमा आफू बलियो उमेदवार रहेको बताउनु भयो ।

गत २०७४ सालको स्थानीय चुनावमा पनि नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेद्बारी दिनु भएका वन्त झिनो मतान्तरले पराजित हुनु परेको थियो ।

कांग्रेस कै नेताहरुले असहयोग गरेर चुनाब पराजय भएको बगुवाकै कांग्रेसकार्यकर्ताहरुले आरोप लगाउने गरेका छन

यसपालिको चुनाव सजिलै जित्ने सम्भावना रहेको बताउनु भयो । राजनीतिक मार्फत समाज सेवामा सक्रिय वन्त यश पटक कांग्रेसका माथिल्ला तहका नेताहरूको समेत साथ रहेको चर्चा बगुवामा चल्ने गरेको छ ।

कहि कतै बिबादित नभएका जिबन वन्तले सबैले सहयोग गरे यसपालिको चुनाव बगुवामा आफुले चुनाब जित्ने ठोकुवा गर्नु भयो ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्