भैरहवा, २७ चैत्र २०७८ । रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलकाे उपाधि लुम्बिनी खुकुरी क्लबले जितेकाे छ ।

सिद्धार्थनगर नगरपालिकाकाे मुख्य प्रायोजनमा भएकाे प्रतियोगिताकाे फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब,बेलहियाले माछापुच्छ्रे क्लब,झन्डीबजारलाई ट्राइ बेकरमा ४-२ गोल फरकमा जित निकालेकाे हाे।
दुवै टिम बिचकाे फाइनल खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो।

माछापुच्छ्रेका मिसन दर्लामीले खेलको पहिलो हाफको ३९ औं मिनेटमा १ गोल गरेका थिए भने लुम्बिनी खुकुरी क्लबका सुरज घलानले खेलको अतिरिक्त समयमा गोल गरेका थिए। खेलको ट्राइ बेकरमा ४-२ गोल फरकमा लुम्बिनी खुकुरी क्लब बिजयी भयाे ।

खेलभरिको सर्वाधिक गोलकर्तामा भैरभ एफ सी,नवलपरासीका मनिस चौधरी तथा युनाइटेड एफ सी, देवीनगर का मिलन आले घोषित भए । दुवै जनाले चार -चार गोल गरेर सर्वाधिक गोलकर्ताकाे रुपमा पुरस्कृत भए।

खेलभरिको सर्वोत्कृष्ट खेलाडीमा माछापुच्छ्रे क्लबका खेलाडी बिनय थापा घोषित भए । प्रतियोगितामा विजयी टिम र खेलाडीहरू प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले पुरस्कृत गरे ।

२८औं माछापुच्छ्रे कप फुटबल चैत १० गतेबाट पक्लिहवा कृषि क्याम्पसकाे खेल मैदानमा हुँदै आएकाे थियाे ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्