काठमाडौं, बिहिबार, २४ चैत्र २०७८ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आज राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् । शपथग्रहणमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थित रहेको थियो ।

राष्ट्रपति भण्डारीले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७८ को उपाधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री नियुक्त गरेकी हुन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्