गोरखा, २३ चैत्र २०७८ । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा ठाकुर भट्टले आफ्नो दाबी गरेका छन ।
स्थानीय तहको चुनावको रौनक़ बढ्दै गर्दा आसन्न निर्वाचनको लागी गोरखा भिमसेन थापा गॉंउपालिका मा कॉंग्रेसको तर्फबाट अध्यक्षमा ९जना ले आफ्नो दावा प्रस्तुत गरेका छन् । गत चुनाव मा अध्यक्ष तथा उपाध्यक्ष दुबैमा कॉंग्रेसका उमेदवार बिजय भएको कारण पनि दावा गर्नेको संख्या धेरै देखिएको छ । अध्यक्ष पदमा दावा गर्ने बिध्यार्थी कालदेखिनै सक्रीय ठाकुर भट्ट अहिले गोरखा क्षेत्र नं १ प्रदेश ख का सभापति समेत हुन् ।
अध्यक्ष को दावा गर्नेहरुमा
१ ,ठाकुर भट्ट
२,बिनु वाग्ले
३,तारा नाथ पुडासैनी
४, लिलानाथ लामिछाने
५,मुक्ती ढकाल
६, बिदेश नराल
७,भरत भट्ट
८,रोशन गुरुङ
९,सानुकाजी बानिया
को हुन् त अध्यक्ष दावा गर्ने भट्ट ?
बि स २०५४ सालदेखि नेबि संघ सिद्दकाली मा बि तान्द्राङको इकाइमा रहदै बि स २०५६, ०५७ सालमा दुल्लभ माबि घ्याम्पेशाल काे इकाइमा आफ्नो महत्त्वपूर्ण जिम्मेवारी बहन गर्नु भएको थियो ।
नेपाली कांग्रेस पार्टीको बिधान दिएको निर्देशनको पालना गर्दै सरस्वती बहुमुखी क्याम्पस ठमेल काठमाडौंमा २०५८ सालदेखी २०६४सालसम्म नेबि संघ इकाइकाे बिभिन्न पदमा रहि काम गर्नु भएको थियो ।
त्यसैगरी, नेबि संघ गाेरखाकाे उपसभापति , नेपाली काङ्ग्रेसकाे १२ औँ अधिवेशनबाट गाेरखा क्षेत्र नं ३ काे उपसभापति, नेपाली काङ्ग्रेसकाे १३ औँ महाधिवेशनबाट गाेरखाकाे जिल्लाकार्समिति सदस्य हुदै १४औँ महाधिवेशन बाट प्रदेश क्षेत्रियकार्यसमिति क्षेत्र नं १ ख सभापति भइ निरन्तर रुपमा २४ बर्षभन्दा बढि पाटिकाे काम गर्नु भएको छ ।
बिभिन्न संघ सस्थामा रहि काम गरेकाेले अब जनप्रतिनिधि भएर नागरिककाे सेवा गर्ने अबसरका लागि ‘एक पटक यसैपटक’ स्थानिय तहकाे नेतृत्व गर्न अग्रसर भएको ठाकुर भट्टले बताउनु भयो ।
उहाँ भन्नुहुन्छ, तमाम लाेकतन्त्रबादी अघिल्लाे पुस्ता र पछिल्लाे पुस्ताकाे मध्यस्थ भएर काम गर्ने छु, नागरिकाेसमस्यालाई बुझ्ने छु र इमानदारी पुर्बक नागरिककाे पक्षमा काम गर्ने छु ।