Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:००:३८ दिउँसो
- ADVERTISEMENT -

रित्तिँदै गाउँपालिका भरिँदै नगरपालिका

प्रकाशित मिति: २०७८ चैत २२, मंगलबार

780
Shares

काठमाडौँ, मंगलबार, २२ चैत्र २०७८ । दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै दुर्गम गाउँपालिकामा कर्मचारी रित्तिँदै गएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कर्मचारी सरुवा गर्ने क्रममा दुई पटक गरी एक हजार एक सय कर्मचारी सुगम स्थानीय तहमा सरुवा गरेको छ । यतिका कर्मचारी सुगम स्थानीय तहमा सरुवा भएसँगै दुर्गम क्षेत्रका गाउँपालिकामा कर्मचारीको अभाव झनै बल्झिएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार कुल ४६० गाउँपालिकामध्ये अहिले करिब ६० प्रतिशतमा पर्याप्त कर्मचारी छैनन् । भएका कर्मचारी पनि विभिन्न बहानामा सुगम स्थानीय तहमा सरुवा भएका छन् । प्रदेश १ का तप्लेजुङको पाथीभरायाङ्वरक गाउँपालिका अध्यक्ष केशवकुमार सुब्बाले गाउँपालिकामा छवटा वडामध्ये एउटा वडामा मात्र वडासचिव रहेको र बाँकी सबै सरुवा भएर सुगम स्थानीय तहमा गएको बताउनुभयो । उहाँले भन्नुभयो, “अब वडा कार्यालयमा कर्मचारीविहीन अवस्थामा पुगेको छ, कतिपय वडामा त कार्यालय सहयोगीले वडा कार्यालय धानेर बस्ने गरेका छन् । गाउँपालिकामा पनि कर्मचारी पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।”

रिक्त कर्मचारीको दरबन्दीमा दुई वर्षअगाडि गाउँपालिका आफैँले लोक सेवामार्फत विज्ञापन गरी भर्ना गरिएका कर्मचारीले विभिन्न समस्या देखाएर पायक पर्ने सुगम स्थानीय तहमा सरुवा भएको गुनासो छ । सुदूरपश्चिम प्रदेश बाजुराको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले गाउँपालिकाले कर्मचारी अभावले एकजना सचिवले तीनवटासम्म वडा कार्यालय हेर्ने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला गाउँपालिकाले विज्ञापन गरेको पदमा पर्याप्त मात्रामा कर्मचारी छनोट नभएको र भएका कर्मचारी पनि अहिले धमाधम सरुवा भएर सुगम स्थानीय तहमा गएकाले सेवा प्रवाहमा कठिनाइ भएको छ ।”

उहाँले पर्याप्त कर्मचारीको अभावमा अपेक्षाकृत रूपमा विकास निर्माणको कामसमेत हुननसकेको बताउनुभयो । प्राविधिक क्षेत्रका कर्मचारीको झनै अभाव भएको गुनासो दुर्गम स्थानीय तहका जनप्रतिनिधिको छ ।ललितपुरको महालक्ष्मी नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले दुर्गम स्थानीय तहमा कर्मचारीको अभाव भइरहँदा सुगम स्थानीय तहमा कर्मचारी खचाखच भरिएको बताउनुभयो । अहिले पनि यहाँ सरुवा भई आउनका लागि आफूलाई उच्च पदस्थ व्यक्तिबाट दबाब आउने गरेको छ भन्दै उहाँले थप्नुभयो, “तर नगरपालिकामा कर्मचारी राख्ने ठाउँ नै छैन ।” सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक पटकका लागि दोहोरो सहमतिमा अप्ठ्यारो परेका कर्मचारीलाई अन्तरपालिका सरुवा गरिएको जनाएको छ ।

यो क्रम सधैँ नदोहोरिनेसमेत मन्त्रालयले दाबी गरेको छ । कर्मचारी समायोजनका क्रममा सङ्घमा ४० हजार ७६९, प्रदेशमा १४ हजार ६५९ र स्थानीय तहमा ३१ हजार ४३ जना कर्मचारी समायोजन भएका थिए । समायोजन भएका कर्मचारी पनि अवकाश हुँदै गएपछि स्थानीय तहले आवश्यकताअनुसार मन्त्रालय र लोक सेवा आयोगको सहमतिमा कर्मचारी भर्ना गरेका थिए । गोरखापत्रबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -