- ADVERTISEMENT -

उपाधिका लागि पपुवा न्युगिनीलाई नेपालको मध्यम लक्ष्य

April 4, 2022
593
Shares
- ADVERTISEMENT -

काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले मध्यम रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो । आजको खेलमा नेपालको सुरुवात केही राम्रो रहेपनि मध्यक्रम भने चल्न सकेन ।

- ADVERTISEMENT -

Advertisement

नेपालका ओपनर कुशल भुर्तेलले खेलकाे पहिलाे ओभरमा शानदार प्रदर्शन गरेपनि २५ रनमा क्याच आउट हुन पुगे । लगातार ठूलो सट खेल्ने धुनमा उनी कबुवा मोरेको बलमा लेगा सियकाबाट क्याच आउट भएका हुन् । त्यस्तै, त्यसपछि क्रिजमा आएका रोहितकुमार पौडेल पनि २ रनमै पेभेलियन फर्किए । यसअघिको खेलमा उत्कृष्ट प्रदर्शन गरेका पौडेल पनि त्यही लयमा रिले हेकुरेको बलमा नर्मन भनुआबाट आउट भए ।

नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । उनले ३८ बलमा ५४ रन बनाए । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेर किर्तीमानसमेत राखेका छन् । पीएनजीविरुद्ध २१ रन बनाउँदै दीपेन्द्रले एक हजार रन पूरा गरेका हुन् । उनी नेपालबाट टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडीसमेत बनेका छन् ।

- ADVERTISEMENT -

Advertisement

दीपेन्द्रले ३९ खेलमा एक सतक र ४ अर्धसतकसहित १००० रन जोडेका हुन् । उनले जारी प्रतियोगितामै मलेसियाविरुद्ध नेपाली टि२० क्रिकेट इतिहासकै उत्कृष्ट शतक प्रहार गरेका थिए । दीपेन्द्रले टि२० आईमा २०१८ मा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए ।

अन्य मध्यक्रम सम्हाल्न आएका आरिफ शेख, दिलीप नाथ र आदिल अन्सारी भने चल्न सकेनन् । आरिफ र दिलीप शून्यमा आउट हुँदा आदिलले १५ रन मात्र जाेडे । त्यस्तै, ओपनर आशिफ शेख २९ रनमा आउट हुँदा करण केसीले ३३ रन जोडे ।

बलिङतर्फ पीएनजीका सिमो कामियले ३ विकेट लिए भने चाड सोपर, रिले हेकुरे र कबुआ मोरेले समान विकेट लिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -