लिस्वान । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।
सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए । “हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा परेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,” उनले भने ।
राजनीतिक सङ्कटबाट मुलुकलाई निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उनले बताए । -सिन्ह्वा