गोरखा, बुधबार, १६ चैत्र २०७८ । गोरखाको शहीदलखन गाउँपालिका बडा नं ७ मा आफ्नै भवनबाट सेवा सुरु गरेको छ । गाउँपालिकाको लगानीमा निर्माण भएको नयाँ भबनबाट सेवा सुरु गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो ।
नव –निर्मित भवनको मंगलबार एक कार्यक्रमका बिच शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरले उद्घाटन गर्नु भएको छ ।
वडा कार्यलय रहेको ठाउँमा सडक सुविधा र खानेपानीको पनि राम्रो सुबिधा रहेको छ । वडा कार्यालयले नयाँ भवनबाट सेवा प्रवाह गरेपछि स्थानिय खुशी बनेका छन् । वडाले गर्नुपर्ने सम्पूर्ण कार्य र जनतालाई दिनुपर्ने सेवा सोही भवनबाट सुचारु गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो । नयाँ बनेको भबनबाट वडाबासीलाई अझै सहज सेवा दिन सकिने वडा अध्यक्ष शरण श्रेष्ठले बताउनु भयो ।
भबन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिबनबहादुर आले मगर, वडा न ८ का वडाअध्यक्ष कासिनाथ अंगाई लगायत अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधीका साथै स्थानीय बासिन्दाकाे उल्लेख्य उपस्थिती रहेको थियो ।