- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

पालुङटारमा २१ दिने गुणस्तरीय रानी मौरी उत्पादन तालिम

March 29, 2022
689
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गोरखा,१५ चैत्र २०७८ । पालुङटार नगरपालिकाले २१ दिने गुणस्तरीय रानी मौरी उत्पादन तालिमको संञ्चालन गरेकोे छ ।

पालुङटार नगरपालिकाको रु. ४ लाख सहयोगमा लिगलिग भिलेज मौरी फर्म, गोरखाले तालिम संचालन गरेको हो ।

पालुङटार २ खोल्लिगाउँमा संञ्चालन भएको तालिममा पालुङटार नगरपालिकाको प्रत्येक वडा बाट २ जना व्यवसायीक मौरी पालक कृषक लाई सो तालिममा समावेस गरिएको लिगलिग भिलेज मौरी फर्म गोरखाको संचालक प्रमिला गुरुङ रानाले बताउनु भयो ।

मौरी विकास केन्द्र गोदावरीका वरिष्ठ उपसचिव लक्ष्मी प्रसाद खरेल र प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना व्यवस्थापन कार्यालयका वरिष्ठ कृषि अधिकृत तथा मौरी विज्ञ तिर्थ कुमार श्रेष्ठको सुपरभिजन तथा प्राविधिक सहयोग रहेको कार्यक्रमका मुख्य प्रशिक्षक मौरी प्राविधीक ध्रुव कुमार कार्की रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

तालिममा सहभागिहरुलाई पालुङटार नगरपालिकका नगर प्रमुख ई. दिपक बाबु कंडेलले सिप सिकेर आत्मनिर्भर तथा व्यवसायीक बनौं र सिकेका कुरा अरु पालुङटारबासीहरुलाई पनि सिकाऔ भनि उत्पेरित गर्नु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com