काठमाडौं, सोमबार, १४ चैत्र २०७८ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति हुदाँ शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका छन् । सोमबार कन्या मन्दिर माध्यमिक विद्धयालयको ७५ औं वार्षिकोत्सव (हीरक जयन्ती) समारोह कार्यक्रममा सम्वोधन गदै नेता सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएको शिक्षा क्षेत्रको विकास हुन नसकेको बताएका हुन् ।

राजनीति भनेको राजनैतिक क्षेत्रमा मात्र गर्नु पर्ने कुरा सबै दलहरूले बुझ्न आवश्यक रहेको नेता सिंहले बताए । ‘शिक्षा क्षेत्र सबै भन्दा महत्वपुर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुदैन, मौका पाउदा काम गरेर देखाउने समय भइसकेको छ,’ नेता सिंह्ले भने, ‘शिक्षा क्षेत्रमा चरम राजनीतिक करण भएकाले मुलुको शिक्षा क्षेत्रमा नागरिकले चाहेको जस्तो सुधार को खाचो रहेको छ ।’

संविधानले भने जस्तै आधारभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिक को समान पहुच पुग्न नसकेकाले सबैको ध्यान जानु पर्ने सिंहको भनाई छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्