- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

क्लवको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाईते

March 26, 2022
636
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्लाही । सर्लाहीको ईश्वरपुरमा क्लवको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाईते भएका छन् । सांसद साहको टाउकोमा गहिरो चोट लागेको छ ।

शनिबार इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा दुई पक्षबीच झडप भएको हो । झडपमा दुबै पक्षका स्थानीयबीच ढुंगामुडा भएको थियो । सोही क्रममा ढुंगाले लागेर सर्लाही क्षेत्र नम्बर–१ का सांसद घाईते भएका हुन् । हाल उनको बयलवास स्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

बयलवासमा रहेको फुलजोर बाबा युवा क्लवको जग्गाको विषयमा केही दिनयता स्थानीय युवाबीच विवाद बढ्दै गएको थियो ।

विवाद उत्कर्षमा पुगेको अवस्थामा सांसद साह घटनास्थल पुगेलगतै झडप भएको ईलाका प्रहरी कार्यलय केश्वरगंजले जनाएको छ । उक्त क्लवको भवन बाटोमा परेको भन्दै केही समय पहिला आधा भत्काइएको थियो । सडक छुट्टाएर बाँकी जग्गामा एक पक्षले क्लवको भवन बनाउन खोजेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com