काठमाडौँ, बुधबार, ९ चैत्र २०७८ । चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्नु हुने भएको छ ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट काठमाडौँबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
वाङ तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार साँझ काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्को निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।
चिनियाँ विदेशमन्त्रीको टोली भारत हुँदै शुक्रबार साँझ काठमाडौँ आउने तालिका रहेको छ । वाङ नेतृत्वको टोली हिजो सोमबारदेखि पाकिस्तान भ्रमणमा छ । पाकिस्तानबाट भारत हुँदै नेपाल आउने कार्यक्रम तय भएको हो ।








































