काठमाडौं, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको लामो समय देखिको बिबाद अन्तत समाधान भएको छ। संघको १० औ महाधिवेशन यहि मार्च २४ र २५ तारिख काठमाडौमा तय गरिएको भएपनि अध्यक्षका प्रत्यासीहरु बिच महाधिवेशन को दुई दिन अगाडिनै सहमति भएको हो।
अध्यक्षका प्रत्यासीहरु बिच भएको सहमती लाई कार्यान्वय गर्न १० औ महाधिवेशनबाट विधानमा आवश्यक संशोधन गर्न प्रस्ताव लगिनका साथै विगतका दिनमा भएका सबै असमझदारी,बहस, र बिबादलाई बिर्सेर संघको एकतालाई अक्षुण्ण राख्नका लागी सहमतिको आधारमा १० औ महाधिवेशन गर्नुको अर्को विकल्प नरहेको भन्दै संघका अध्यक्ष कुमार पन्तको आह्ववानमा हुने यहि मार्च २४ र २५ मा आयोजना गरिएको विधान सम्मत दशौ महाधिवेशनमा सहभागी हुन महाधिवेशनका सम्पुर्ण डेलिगेट्सहरु तथा संसार भरि रहेका सम्पु्र्ण गैर आवासिय नेपालीहरु लाई तिनै अध्यक्षका प्रत्यासीहरुले अनुरोध गर्नु भएको जानकारी हुन आएको छ।
पत्रकार सम्मेलन लाई अध्यक्षका प्रत्यासीहरुले सम्बोधन गर्नुका साथै अध्यक्ष कुमार पन्त, संघका संरक्षक राम प्रताप थापा लगाएत अन्य उपस्थितिहरुले संम्बोधन गर्नु भएको संघका महासचिव पदका प्रत्यासि विनय अधिकारीले जानकारी गराउनु भयो ।
महासचिव पदका प्रत्यासि अधिकारीले सहमती भएका थप विषयहरु सम्पु्र्ण तयारी सम्पन्न भए पश्चात थप बाहिर आउने समेत जानकारी गराउनु भएको छ।
- ADVERTISEMENT -