Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३१:२९ बिहान
- ADVERTISEMENT -

रुस–युक्रेन युद्धले विश्वभर भोकमरीको खतरा

प्रकाशित मिति: २०७८ चैत ८, मंगलबार

666
Shares

जेनेभां, ८ चैत्र २०७८ । रुस र युक्रेनबिचको जारी युद्धका कारण विश्वको तेल र ग्यास बजार मारमा परिरहेको छ । यति मात्रै होइन, युद्धले विश्वभर भोकमरी बढ्ने तथा खाद्यान्न अभाव देखिन सक्ने चिन्ता व्यक्त हुन थालेको छ । ‘हामीले संभावित सबै उपाय अपनाएर भोकमरीको आँधी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरासायी हुनबाट रोक्नुपर्छ’, राष्ट्रसंघका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेतावनी दिँदै भनेका थिए ।

त्यसअघि विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले युक्रेन युद्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेतावनी दिएका थिए । ‘युक्रेनमा बम र गोलीले विश्वव्यापी भोकमरीको संकट डरलाग्दो अवस्थामा पुग्न सक्छ’, बिस्लेले भने, ‘आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रुपमा प्रभावित बन्न सक्छ ।’

सोमबार ब्रसेल्समा फ्रान्सका कृषि मन्त्री जुलियन डेनरमान्डीले पनि विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिने चेतावनी दिएका छन् ।

यसैबीच, मध्यपूर्व र उत्तरी अफ्रिकाको खाद्यान्न संकट थप गरिरिने ह्युमन राइट्स वाचले चेतावनी दिएको छ । ‘मध्यपूर्वी तथा उत्तरी अफ्रिकी मुलुकमा कृषिजन्य उपज निर्यात गर्ने प्रमुख मुलुकमा युक्रेन र रुस पर्छन्’, ह्युमन राइट्स वाचले विज्ञप्तिमा भनेको छ, ‘युद्धका कारण व्यवधान सिर्जना हुँदा खाद्यान्नको बढ्दो मूल्य एवं गरिबी झप खराब बन्न सक्छ ।’

विश्वमै धेरै गहुँ, मकै र जौ उत्पादन हुने देशमा रुस र युक्रेन अग्रपंक्तिमा छन् । युक्रेन र दक्षिण–पश्चिम रुसलाई युरोपको अन्न भकारीसमेत मानिन्छ । विश्वभर हुने गहुँ निर्यातमध्ये यी दुई देशले ३० प्रतिशत हिस्सा ओगट्छन् । तर दुबै देश युद्धमा होमिएपछि यसको असर खाद्यान्नमा पर्न थालेको हो । त्यस्तै, विश्वभर उत्पादन हुने सूर्यमुखी तेलमध्ये ८० प्रतिशत रुस र युक्रेनमा उत्पादन हुन्छ ।

युक्रेन मकै निर्यात गर्ने विश्वकै चौथो ठूलो देश हो । तर त्यहाँको सरकारले मार्च ९ मा एक प्रस्ताव पारित गरी गहुँ, मकै, मासुलगायतका वस्तु निर्यातमा प्रतिबन्ध लगाइसकेको छ । युद्धकै कारण विश्वभर निर्यात हुने गहुँ लगायतका वस्तुको ठूलो परिमाण युक्रेन र रुसमा रोकिएर बसेको छ । त्यस्तै, विश्वभर जाने रासायनिक मलको ठूलो हिस्सा बेलारुस र रुसमा अड्किएर बसेको छ । फलस्वरुप, संसारभर खाद्यान्न र रासायनिक मलको भाउ बढ्न थालेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -