- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग

March 22, 2022
647
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पोखरा । गोरखाको लखन गाउँपालिकाले सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई उक्त निर्णय बुझाएको हो । यसबाहेक पहिलो जनविद्रोहमा थापासँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई शहिद घोषणाको माग गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

अध्यक्ष थापाले भने, ‘लखन थापाको जति सम्मान हुनसक्यो, उति इतिहासको सम्मान हुन्छ । राज्यले राष्ट्रिय विभूति घोषणा गर्न ढिलो गर्नु हुन्न ।’ गाउँपालिकाले पर्यटनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र नै बुझाएकाे हाे ।

सहिद थापाले सहादत प्राप्त गरेको दिन हरेक वर्ष सार्वजनिक विदाको घोषणा गर्न पनि माग गरिएकाे छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com