काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङमा लेटाङमा भएको घटनामा संलग्नलाई कारवाही हुने बताएका छन्।
सोमबार मोरङकाे सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यौन दुर्व्यवहारको घटनालाई लिएर लेटाङमा भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यामा संलग्न दोषीमाथि छानविन गरी कारवाही हुने बताएका हुन् । घटनामा संलग्नले उन्मुक्ति नपाउने र पाउन नहुने पनि उनकाे थियाे ।
कक्षा ६ मा अध्ययनरत एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेपछि उनलाई प्रकाउ गर्न छाडेर उल्टै सुरक्षा दिएकाे भन्दै आक्रोशित स्थानीय प्रहरीमाथि जाइलाग्दा आइतबार झडप भएकाे थियाे । लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले कक्षा ७ मा अध्ययनरत छात्रामाथि याैन दुर्व्यवहार गरेकाे आराेप छ ।
सोही क्रममा प्रहरी जवान श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको थियाे । उनलाई तत्कालै काेसी प्रादेशिक अस्पताल लगिएकाे थियाे । तर, चिकित्सकले मृत घाेषणा गरे । घटनामा मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीसहित २५ जना घाइते भएका थिए । स्थानीय पनि सात जना घाइते भएका थिए ।
- ADVERTISEMENT -