काठमाडौ : नेपाली कांग्रेस धार्चे गाउँपालिका – काठमाडौ सम्पर्क समिति गठन भएको छ । तुल्सिङ गुरुङको अध्यक्षतामा उक्त समिती गठन भएको हो ।
नेपाली कांग्रेस धार्चे गाउँपालिकाका सभापति सन्तोष गुरुङको सभापतित्वमा नेपाली कांग्रेस धार्चे-काठमाडौ सम्पर्क समिती गठन भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा गोरखा क्षेत्र न १ का सभापति नारायण लामिछाने , विषेश अतिथि गोरखा क्षेत्र न १ का सचिव रोशन गुरुङ , गोरखा क्षेत्र नम्बर १ को महा समिती सदस्य फुल माया गुरुङ ,गोरखा काठमाडौ सम्पर्क समिती को अध्यक्ष राम कृष्ण सिंम्खडाको थियो ।
४५ जनाको उपस्थिति रहेको सो समिती गठन कार्यक्रममा तुल्सिङ गुरुङको अध्यक्षतामा उपाध्यक्ष प्रदिपा गुरुङ , उपाध्यक्ष बुद्धि घले , सचीव एलिजा गुरुङ , सचीव सुक बहादुर गुरुङ ,कोषाध्यक्ष सरिता गुरुङ , सह-सचिव धन बहादुर गुरुङ , सह सचिव ईन्द्र बहादुर गुरुङ लगायत सङै २१ जनाको समिति बनाईएको नेविसंघ गोरखा जिल्ला समिती सदस्य रोजन गुरुङले बताउनु भयो ।
धार्चे गाउँपालिकाका कांग्रेस सभापति सन्तोष गुरुङ , महासमिति सदस्य फुलमाया गुरुङ , निवर्तमान अध्यक्ष धन प्रसाद गुरुङ , नारायण लामिछाने तथा नेपाली कांग्रेस धार्चे काठमाडौ सम्पर्क समितिका अध्यक्ष तुल्सिङ गुरुङले मन्तव्य राख्नु भएको थियो ।
मन्तव्यको क्रममा धार्चे गाउँपालिका कांग्रेस सभापति सन्तोष गुरुङले वर्तमान कार्यसमितिलाई शुभकामना तथा निवर्तमान कार्यसमितिलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाले विगतका दिनमा नेपाली कांग्रेस धार्चे काठमाडौ सम्पर्क समितिले खेलेको भुमिका अतुलनीय रहेको भन्दै प्रशंसा पनि गर्नुभयो ।
त्यसैगरी ,गोरखा क्षेत्र नम्बर १ को महा समिती सदस्य फुल माया गुरुङले पनि अब आउदा दिनमा धार्चे काठमाडौ सम्पर्क समितिले कांग्रेसको पिल्लरलाई झनै मजबुत बनाउदै जाने बताउनु भयो साथै उहाले नयाँ बनेको कार्यसमितिलाई बधाई तथा शुभकामना पनि व्यक्त गर्नु भयो ।
मन्तव्य मा धन प्रसाद गुरुङले नि वर्तमान ४ बर्ष को प्रतिवेदन र नया समिति लाई शुभकामना दिनु भएको थियो । नारायण लामिछानेले नयाँ कार्य समितिलाई नेपाली कांग्रेस को बारे प्रशिक्षण दिनु भएको थियो । उहाँले नेपाली कांग्रेसलाई निर्वाचन लक्षित कार्यक्रमहरु गर्दै अघि लैजान जोड दिनु भएको हो ।








































