काठमाडाैँ, शुक्रबार, ४ चैत्र २०७८ । आईसीसी विश्वकप लिग टू क्रिकेटमा यूएईद्वारा नेपाल पराजित भएकाे छ ।
आईसीसी विश्वकप लिग टू क्रीकेटमा नेपाल यूएईसङ्ग ४८रनले पराजित भएको हो । यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १२० रनमै अलआउट हुँदै ४८ रनको हार ब्यहोरेको हो ।
नेपालका रोहितकुमार पौडेलले ४६, ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जसका कारण सामान्य लक्ष्यपनि नेपालले भेट्न सकेन ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईलाई १६८ रनमै समेटेपनि ब्याटिङ्ले धोका दिँदा नेपाल फेरि एकपटक पराजित भयो ।









































