काठमाडौं– वैशाख ३० गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याइएको छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो ।
दर्ता गरिएका उम्मेदवारीमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा सकिनेछ । प्रक्रिया सकेपछि उम्मेदवारको नाम सार्वजनिक गरिने आयोगले जनाएको छ।
निर्वाचनका लागि उम्मेदवारी दिएपछि वैशाख १६ गतेसम्म नाम फिर्ता लिन सकिनेछ। नाम फिर्ताको समय सकिएपछि सोही दिन साँझ अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशख १७ गते चसनाव चिह्न प्रदा नगरिने आयोगको तयारी रहेको छ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ