विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी,केन्द्रीय समितिको बैठक आज दिउँसो १२ बजेलाई बोलाइएको छ । बैठक कपिलवस्तुको शिवगढीमा बस्न लागेको हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीभित्र आगामी निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने दुई धारबीच बहस चलिरहेको बताइन्छ । त्यसैले आजको बैठकमा मूलतः उक्त विषयमा छलफल गर्न लागिएको पार्टी स्रोतले जानकारी दिएको छ ।
स्रोत भन्छ,‘प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड एमालेसँग तालमेल गरेर चुनाव लड्नुपर्ने मान्यतामा रहेको,महासचिव विप्लव हालसम्म उक्त विषयमा मौन र अन्य केही नेता निर्वाचन बहिष्कार गर्नुपर्ने पक्षमा छन् ।’