काठमाडौं, शुक्रबार, ४ चैत्र २०७८ । बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिने जनप्रतिनिधिहरूले राजीनामा दिनुपर्ने भएको छ ।निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा वि.स.२०७४ को चुनावबाट जनप्रतिनिधि बनेकाले राजीनामा दिनुपर्नेउल्लेख छ ।
वि.स २०७९ वैशाख ३० मा हुने स्थानीय हुदैछ । ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नुअगावै बहाल रहेको पदबाट राजीनामा गर्नुपर्नेछ,’ निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ मा भनिएको छ।
यदी कसैले आचारसंहिता अटेर गरेको पाइएमा उजुरी दिनसमेत आग्रह गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयमा उजुरी दिन सकिनेछ।








































