Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४२:५८ बिहान
- ADVERTISEMENT -

होलीमा ट्राफिक जाँचमा कडाइ, १६ सय परिचालन गरिने

प्रकाशित मिति: २०७८ चैत २, बुधबार

516
Shares

काठमाडौं प्रहरी परिसर टेकुले होली पर्व (फागु पूर्णिमा) सुरक्षित र व्यवस्थित ढङ्गले मनाउनका लागि चैत ३ गते बिहीबारलाई काठमाडौँ उपत्यका लक्षित ‘विशेष सुरक्षा योजना’ जारी गरिएको छ ।

होलीका नाममा अश्लील, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी परिसर काठमाडौंले उपत्यकामा १६ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरीले बताएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले आफू मातहतका प्रहरी वृत्त तथा प्रभाग प्रमुखहरुलाई होली सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन दिएको बताए । रङ र अबिरका साथ एकापसमा खुसियाली साटासाट गरी हर्षोल्लासमय वातावरणमा मनाइने होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको जानकारी उनले दिए ।

जथाभावी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन (मापसे) गरी सवारी चलाउने, झैझगडा गर्ने र महिलामाथि दुव्र्यवहार गर्नेमाथि कडा कारबाही हुनेछ । यसका लागि सुरक्षा व्यवस्था बलियो पारिएको छ । सादा पोसाकका प्रहरीसहितको टोलीले नियमित चेकिङ गर्ने छन् ।

प्रहरीले यसका साथै जनचेतना फैलाउने काम पनि गरिरहेको उनले बताए । सामुदायिक प्रहरीमार्फत जनचेतना फैलाउने काम पनि भइरहेको उनको भनाइ छ । ‘सामुदायिक प्रहरीमार्फत माईकिङ गर्ने, कोरोना महामारीको प्रकोप कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्ने जस्ता काम पनि गर्छौं,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -