नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्वमा आकांक्षीहरूको चर्चा चुलिएको छ। फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी भएसँगै नेविसंघको नेतृत्वमा आउने सम्भावितको चर्चा सुरु भएको हो। गत फागुन ३ मा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशन हुन नसकेका नेविसंघसहित १० भ्रातृ संस्थाको केन्द्रीय समिति विघटन गरी तदर्थ समिति गठनको निर्णय गरेको थियो।
महामन्त्रीको हकमा आ-आफ्ना पक्षबाट उम्मेदवारी दिनेहरुको लर्को लागेको छ । त्यसैगरी , गोरखाबाट नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रतिमा भट्ट पनि आफुलाई महामन्त्री पदमा दावी गर्छिन ।
नेविसंघको विद्यार्थी आन्दोलनमा आफुले सक्रिय भुमिका देखाएको र पार्टी को भातृ संगठनमा महिलाको पनि बराबर अधिकार हुने भन्दै यसपटक उनले पनि आफुलाई महामन्त्री पदमा दावी गरेकी हुन ।
तदर्थ समिति गठनमा ३२ वर्षे उमेरहद विवाद
नेविसंघको तदर्थ समिति गठनमा उमेरहदको विवाद देखिएको छ। केन्द्रीय समिति विघटन गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठनको तयारी भएसँगै ३२ वर्षे उमेरहदको विवाद देखिएको हो। देउवानिकट स्रोतका अनुसार उनले ३२ वर्ष पार गरेकालाई पनि तदर्थ समितिमा समेट्न खोजेका छन्।
०७३ मा भएको ११औँ महाधिवेशनबाट नैनसिंह महर सभापति निर्वाचित भएयता नेविसंघको महाधिवेशन हुन सकेको छैन। महरले समय सकिएपछि ०७५ माघ २ मा राजीनामा गरेका थिए।
त्यसयता निर्वाचनका लागि तदर्थ समिति गठन भए पनि महाधिवेशन हुन सकेको छैन। लामो समय महाधिवेशन नहुँदा नेविसंघको राजनीतिमा क्रियाशील ३२ वर्ष उमेरहद काटेकाहरूको राजनीतिक भविष्यलाई समेत नेतृत्वले समेट्नुपर्ने दबाब पनि नेतृत्वसामु छ।
समयमा महाधिवेशन नहुँदा कांग्रेस भ्रातृ संस्थाबाट उत्पादन हुने नेतृत्व डम्प हुँदै आएको विद्यार्थी नेताहरू बताँउछन्। यही विषयलाई लिएर विद्यार्थी नेताहरूसमेत विभाजित बनेका छन्।
नाम चर्चामा रहेका विद्यार्थी नेताहरू विधानअनुसार ३२ वर्षे उमेरहद नै लागू हुनुपर्ने पक्षमा रहेको छन्।








































