काठमाडौं । सुनसरीमा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–५, सिमरवनस्थित जनजागृति सामुदायिक वनको पोखरीनजिकबाट तीनथान भरुवा बन्दुकसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका–५, सिमरवन बस्ने ३६ वर्षीय पवनलाल माझी र बराहक्षेत्र–३, देवीथान बस्ने २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन् ।
जनजागृति सामुदायिक वनको पोखरीनजिकै भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको अवस्थामा प्रहरीचौकी भरोलबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।