काठमाडौं : सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना आवेदन खुला गर्ने भएको छ । नेपाल प्रहरीले माग गरेभन्दा १८ हजार कम गरेर १ लाख मात्रै भर्ना आवेदन खुलाइएको हो । प्रहरी प्रधान कार्यालयले १ लाख १८ हजार २ सय ३१ म्यादी भर्ना गर्न प्रस्ताव गरेको थियो । तर, अर्थबाट स्वीकृत दरबन्दीअनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइने गरी प्रहरी प्रधान कार्यालयले भर्ना खुलाएको हो । यसमा चैत ६ देखि ११ गतेसम्म आवेदन दिन सकिनेछ । म्यादीको कार्यावधि ४० दिन तोकिएको छ ।
यसको लागि नेपाली नागरिक, फौजदारी अभियोगमा कसुरदार नठहरिएको, राजनीतिक दलको कार्यकर्ता नरहेको, शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ । गएको साउन १ गतेदेखि नेपाल प्रहरीमा भर्ना हुन आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, सेना र प्रहरीबाट अवकाश पाएका, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका र विगतमा म्यादी प्रहरीमा छनोट भएर सन्तोषजनक काम गरेकाहरूलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -
चुनावका लागि १ लाख म्यादी प्रहरी माग
March 16, 2022
611
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचार
- ADVERTISEMENT -
- ADVERTISEMENT -