चैत्रको १५ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘२ नम्बरी’मा नायक सौगात मल्लको इन्ट्री भएको छ । २ बर्ष अगाडि शुभसाइत गरेर छायांकन सुरु गर्दा चलचित्रमा नायक पल शाहको मुख्य भूमिका थियो । तर, चलचित्रको छायांकन भैरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । २ बर्षपछि चलचित्रलाई फेरि सुरुबाट नै खिच्ने तयारी गरिएको छ ।
नायक पल शाह यतिबेला प्रहरी हिरासतमा रहेकाले निर्माण टिमले उनको ठाउँमा नायक सौगात मल्ललाई अनुवन्धित गरेको हो । सौगात मल्ल अनुवन्धित भएसँगै चलचित्रको मुख्य कलाकारको लाइनअप पुरा भएको छ ।








































