नेपाल बिद्यार्थी संघ त्रिबि चिकित्सा शास्त्र अध्ययन संस्थान (IOM) इकाईले डीन कार्यालयमा पुनः तालाबन्दी गरेको छ।
त्रिबि उपकुलपतिले अबैधानिक ढंगले प्रक्रियाहरु मिच्दै महत्त्वपूर्ण नियुक्ति गरेको आरोप लगाउदै नेबि संघले हिजो डीन कार्यालयमा तालाबन्दी गरेको भए पनि आज बिहानै प्रशासनले प्रहरीको सहयोगमा ताल्चा फुटाएको थियो।
डीनको ठाडो निर्देशनमा अनेरास्ववियु लाई प्रयोग गरि आफ्ना मागहरु सुनुवाइ गर्नुको साटो ताल्चा फुटाइएको भन्दै नेबि संघले फेरि तालाबन्दी गरेको हो। उपकुलपतिले घरैबाटै कोठे नियुक्ति गरि एकाधिकार जमाउन खोजेको र IOM को प्रतिष्ठा माथी नै आच आउने काम गरेकाले उक्त रबैयाका बिरुद्द नेबि संघ आन्दोलनमा उत्रिनु परेको नेबि संघ IOM इकाइ सचिब सुमीत बोहराले बताए। गल्ती सच्चाउनुको साटो ताल्चा फुटाइएको भन्दै नेबि संघले यसको सशक्त प्रतिबाद गर्ने सचिव बोहराले बताए।
प्रशासनले ताल्चा फुटाए पनि सयौको संख्यामा उपस्थित नेबि संघ आबद्ध बिद्यार्थीले पुनः ताल्चा लगाएका हुन। नेबि संघले गल्ती सच्चाउनुको साथै डीन र उपकुलपतिको राजिनामा समेत माग गरेको छ भने माग सम्बोधन नभए अझ सशक्त ढंगले आन्दोलनका कार्यक्रम अगाडी बढाउने जनाएको छ ।
- ADVERTISEMENT -