काठमाडौं : नेपाल र साउदीबीच जेनरल कोअपरेसन एग्रिमेन्ट (जीएसए) मा हस्ताक्षर भएको छ। साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र परराष्ट्रमन्त्री डा. नारायण खड्काले उक्त सम्झौतामा हस्ताक्षर गरेका हु्न्।
सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आएका विदेशमन्त्री अल साउद र परराष्ट्रमन्त्री खड्काबीच मंगलबार परराष्ट्र मन्त्रालयमा छलफल भएको हो। दुई मन्त्रीबीच नेपाल साउदी अरबिया सम्बन्ध, साउदीमा कार्यरत नेपाली कामदारको समस्या, साउदीले दुई नेपालीलाई सुनाएको मृत्युदण्डको सम्बन्धमा आममाफी दिने विषयमा छलफल भएको थियो।
उनी सोमबार विशेष विमानबाट काठमाडौं आएका थिए। साउदी अरबका विदेशमन्त्रीले केही बेरपछि प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्दैछन्।








































