- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लभिभमा किन गर्‍यो रुसले आक्रमण ?

March 13, 2022
248
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रुसले युक्रेनमाथि आक्रमण गरेको १८औं दिनमा लभिभ समेत चपेटामा परेको छ । यसअघिसम्म लभिभमा युद्धको बाछिटा परेको थिएन ।

आइतवार बिहान रुसले लभिभ शहर नजिक रहेको एक सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको छ । 

लभिभको बाटो भएर युक्रेनीहरू अरू देशतर्फ पलायन भइरहेका थिए । 

पश्चिमी सैन्य गठबन्धन नेटोले लभिभको बाटो भएर युक्रेनलाई सैन्य उपकरण आपूर्ति गरिरहेकोमा उसलाई चेतावनी दिन रुसले आक्रमण गरेको हो । 

- ADVERTISEMENT -

Advertisement

युद्धग्रस्त क्षेत्रहरूभन्दा निकै टाढा रहेको भए पनि लभिभ अब पश्चिमका लागि सुरक्षित क्षेत्र नरहेको संकेत आजको रुसी आक्रमणले दिएको छ । लभिभमा पश्चिमले हतियार तथा अन्य सहयोग सामग्री थुपार्न खोजिरहेको रुसले चाल पाएको छ । 

युक्रेन युद्ध शुरू हुनअघि अमेरिकाले आफ्नो दूतावास लभिभमा सारेको थियो । त्यहाँ बसेर युक्रेनमा हतियार पुर्‍याउने अमेरिका र पश्चिमको दाउ थियो ।

नेटोको सदस्य रहेको मुलुक पोल्यान्डको सीमानजिक लभिभ शहर छ । त्यहाँ आक्रमण गरेर रुसले नेटोलाई तनाव नचर्काउन चेतावनी दिएको देखिन्छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com